Logo

लुम्बिनी प्रदेश

सशस्त्र प्रहरी बल कृष्णनगरको राजस्व बृद्धि गर्ने काममा विशेष योगदान



कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्नानगर ले आर्थिक बर्ष ०७५/०७६ मा ७७,९३,१३० र सतहत्तर लाख तिरानब्बे हजार एक सय तिस रकम बराबरको भन्सार छलिगरि ल्याउदै गरेको समान भन्सार चलान गरेको छ ।

अबैध सामान समात्न मा सशस्त्र प्रहरीका नायब निरिक्षक सुरेश न्यौपानेको विशेष योगदान रहेको छ ।

नेपाल भारत को सिमाना मा कडा सुरक्षा दिदै आएका सशस्त्र प्रहरी बल कृष्नानगरले किराना सामानहरु, काठ, चामल सहित को ट्रक कुखुराको चल्ला, सुर्ती लगायत अन्य समान हरू गरि उक्त रकम बराबर समान भन्सार चलान गरिएको र कुखुराको चल्ला, लगायत अन्य समान हरु नष्ट गरिएको लागु औषध नेपाल प्रहरीको जिम्मा लगाएको कुरा स-प्रहरी बल कृष्नानगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशिल कुमार शाहीले जानकारी दिएका छन।

साथै सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी ईलाकामा शान्ति सुरक्षा को प्रत्याभूति दिलाउन का साथै सिमा नाकामा आफ्नो फौज तैनाथ गरि अबैध समान रोक्न सफल रहेको कुरा स्थानीयको बुझाई रहेको छ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १३:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।