Logo

प्रमुख समाचार

सुनिलस्मृतिमा उपाध्यक्ष “गर्भवती आमा उपहार” कार्यक्रम



सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्रीनीले आमा उपहार कार्यक्रम सञ्चालन गर्ने बताएकि छन् । मङ्गलबार आफ्नै कार्यकक्षमा सहभागि आमाहरुसँग छलफल गर्दै उपाध्यक्ष क्षेत्रीनीले यस्तो कार्यक्रम अगाडि बढाउन लागिएको बताएकि हुन् ।

सुत्केरी हुँदा आमाको पिडा कस्तो हुन्छ भन्ने बारे मैले राम्रो सँग बुझेको र भोगेको समेत छु । हाम्रा गाउँपालिकामा कति आमाहरुले सुत्केरी हुँदा आवश्यक पर्ने सामाग्रिहरु किन्न नसकि धेरै समस्याहरु भोगेको समेत मैले आफै देखेको हुँदा यो कार्यक्रमलाई अगाडि बढाउन खोजेको छु उपाध्यक्ष क्षेत्रीनीले बताईन् ।

बजारमा एकथरी मानिसहरुले उपाध्यक्षले आफ्नो सस्तो लोकप्रियाताको लागि यो कार्यक्रम सञ्चालन गर्न लागेको हल्ला फैलाइ रहेको बताइन् ।

मैले भन्ने गरेको छु एउटी आमा भएर हेर्नुस् आमाको पिडा कस्तो हुन्छ भनेर बजारमा हल्ला गरे जस्तो होइन आमा, एउटी सुत्केरी भएकी आमाले आफ्नो नव शिशुलाई एक जोड कपडा किन्न नसक्दाको आवश्था हेर्नुस्, आमाले त्यहि रक्त्याम्मे लुगा फेर्न नसकेको अवस्थालाई हेर्नुस, घरमा पोशिलो खाना नपाएर आमाको दुध नआएर त्यो नावालकको रुवाइ कस्तो हुन्छ त्यो एउटै आमालाई मात्र थाहा हुने भएको हुँदा मैले यो कार्यक्रमलाई अगाडि बढाउन खोजेको हुँ उपाध्यक्ष क्षेत्रीनीले भनीन् ।

छलफलकै क्रममा उपाध्यक्ष क्षेत्रीनीले भनीन् गाउँपालिकाबाट सञ्चालन हुने कार्यक्रमहरुलाई तपाइहरुको महत्वपूर्ण सल्लाह सुझावको समेत अपेक्षा गरेको छु जसले गर्दा कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सकिने छ उपाध्यक्ष क्षेत्रीनीले बताएकी अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार ०९:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।