Logo

बैंकिङ

एसबिआई बैंकका ग्राहकले लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने 



नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेड बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिड कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरी ल्याबमा कार्ड प्रयोग बापत प्याथोलोजी सेवामा १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनूसार बैंकका गा्रहकहरुले कार्र्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेडका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंह का बिच सम्पन्न भयो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार १५:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।