नाबिल बैंकले लघु, साना तथा मझौला उद्यमीलाई बिना ब्याज र धितो रहित कर्जा उपलब्ध गराउने भएको छ । बैंकले वान टु वाच कम्पनीलको सहकार्यमा “कोभिड १९ एमएसएमई कोष नेपाल” अन्तर्गत यसरी कर्जा दिने बैंकले जनाएको छ ।
कोरोनाबाट प्रभावित लाउद्यमी तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएकालाई धितो रहित र ब्याज मुक्त छोटो अवधिको कर्जा दिने बैंकले जनाएको छ ।
पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहित कर्जा प्राप्तगर्ने जनाइएको छ । यसरी लिएको कर्जाको ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्ने बैंकले बताएको छ ।
मंसिर १९, २०७७ शुक्रबार
0
Shares
प्रतिक्रिया