विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)बाट सुरक्षित रहेको सन्देश प्रवाह गर्न तीन अमेरिकी पूर्वराष्ट्रपति जुटेका छन् । उनीहरुले एकैसाथ कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।
पूर्वराष्ट्रपतिहरु जर्ज डब्ल्यू बुस, बिल क्लिन्टन र बाराक ओबामाले एकैसाथ कोरोनाविरुद्धको खोप लगाउने भएका हुन् । अमेरिकी समाचार संस्थाहरुका अनुसार उनीहरुले टेसलिभिजनमा प्रत्यक्ष प्रसारणसहित खोप लगाउनेछन् ।
बेलायतले खोप प्रयोगको अनुमति दिइसकेको अवस्थामा अमेरिकामा पनि खोप स्वीकृत हुने चरणमा रहेको छ । अमेरिकी नियामक निकायले स्वीकृति दिएको अवस्थामा खोपमाथिको विश्वास कायम गर्नका लागि तीन पूर्वराष्ट्रपतिले लगाउने भएका हुन् ।
यसअघिनै राष्ट्रपतिको निर्वाचनमा निर्वाचित भएर ह्वाइट हाउस प्रवेशका लागि पर्खिरहेका वाइडेन र ह्यारिसले खोप लगाउने बताइसकेका छन् । तर, निर्वाचनमा पराजय भोगेका वर्तमान राष्ट्रपति ट्रम्पले भने खोपका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।
प्रतिक्रिया