नेपाल कम्युनिस्ट पार्टी १ नं प्रदेश कमिटी सदस्य अइन्द्रबिक्रम बेघा दु-र्घ-ट-नामा परी घाइते भएका छन् । धरान १७ स्थित घोपामा बेघा चढेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्याक्टरले ठक्कर दिँदा उनी घा-इते भएका हुन् ।
घाइते बेघालाई तत्काल उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । उनको प्रतिष्ठानस्थित आक-स्मिक कक्षमा उपचार भइरहेको छ ।
प्रतिष्ठानस्थित प्रहरी पोष्टका अनुसार घाइते बेघाको खुट्टामा चोट लागेको छ भने जीउमा पनि सामान्य चो-टपटक छ । बेघा गत स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाका लागि तत्कालिन माओवादी केन्द्रबाट मेयरमा पराजित भएका थिए ।
‘रेशम चौधरीमाथि अन्याय भयो’
नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरणले थुनामा रहेका राजपा सांसद रेशम चौधरीलाई राज्यले अन्याय गरेको आरोप लगाएका छन् । टिकापुरमा भएको घटना राजनीतिक भएका कारण सोहीअनुसारको समाधान नखोजी चौधरीलाई थु-नामा राखिएको उनको भनाई थियो ।
थरुहट सम्मेलन सकी फर्किने क्रममा बुटबलमा पत्रकारसँग उनले चौधरीमाथि भएको अ-न्याय सरकारले सच्याउनुपर्ने बताए ।
नेकपा सचिवालयले पहिला गरेको गल्ती सच्याएको हो ?
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण घोषणाका बेला वरियतामा तेस्रो नम्बरमा नेता माधवकुमार नेपाललाई ल्याएर गरेको गल्ती अहिले स-च्याएको कतिपय नेताले बताएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच हालै भएको सचिवालयको बैठकको विवाद सतहमा आउनुका साथै चौथो बरियतामा रहेका नेता झलनाथ खनाललाई नेपालमाथि तेस्रो बरियतामा बढुवा गरिएको थियो ।
नेपाल समूहले उक्त निर्णयको आलोचना गरेको थियो । तर, पार्टी एकीकरणका बेला भएको गल्तीलाई अहिले स-च्याइएको कतिपयले बताएका छन् । नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले सचिवालयले बुद्धिमता हिसाबले निर्णय लिएको बताएका छन् । सचिवालयले पहिला गरेको गल्ती अहिले सच्याएको उनले बताए ।
त्यसो त एकीकरण घोषणाका बेला खनाल उपचारका क्रममा चीनमा रहेका थिए । सोही मौकामा नेपाललाई तेस्रो बरियतामा ल्याइएको थियो, जसको खनालले प्रतिवाद गरेका थिए ।
खनालले पनि त्यसबेला भएको गल्ती सच्याइएको बताए । तत्कालिन एमालेमा महाधिवेशन पहिलाका अध्यक्ष दोस्रो वरियतामा हुने नियम थियो । एकीकरणपछि तत्कालिन एमालेका दोस्रो वरियताका नेता नेकपामा तेस्रो हुनुपर्ने थियो ।
तर एकीकरणका बेला खनाल नभएको मौकामा नेपालले वरियतामा आफूलाई अगाडि उभ्याउन सफल भएका थिए । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिका आधारमा नै त्यसबेला भएको त्रुटी सच्याइएको भन्दै सचिवालयमा खनालको बरियता सर्वसम्मत गराएका थिए । सोही कारण नेपाल बिच्किएका छन् ।
भिडियो कन्फ्ररेन्सलाई लिएर धेरै उ-त्ते-जित नहोऔँ : प्रवक्ता बाँस्कोटा
सरकारले स्वास्थ्य उपचारका क्रममा सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यबीचको भिडियो कन्फ्ररेन्सलाई लिएर धेरै उ-त्ते-जित नहुन सबैलाई आग्रह गरेको छ । प्रतिनिधिसभाको आज बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भिडियो कन्फ्ररेन्स प्रविधिको उच्चतम् प्रयोग भएको भन्दै अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो ।
“जे कुरा हुँदै भएको छैन, त्यसमा भ्रममा पर्न आवश्यक छैन । त्यो मन्त्रिपरिषद् बैठक होइन, कहाँबाट ‘क्याबिनेट’, ‘क्याबिनेट’ ‘क्याबिनेट’ भएर आयो, बुझ्न नसकिएन, सत्य एउटै मात्र हुन्छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीसँग विषयवस्तु आदानप्रदान गरिएको हो, कुनै निर्णय गरेनौँ, हामी अवसरवादी बन्दैनाँै र बन्न सक्दैनौँ, देश र जनताप्रतिको दायित्व र अभिभाराप्रति सधैँ इमान्दार भइराख्छौँ ।”
भिडियो कन्फ्ररेन्स जहाँबाट पनि हुनसक्ने उल्लेख गर्दै उहाँले यसलाई ठूलो कुरा र अनर्थका रुपमा नबुझिदिन आग्रह गर्नुभयो । “दिल्ली, मस्को, अमेरिकाबाट पनि भिडियो कन्फ्ररेन्स हुन सक्छ”, उहाँले भन्नुभयो, “पहिलो प्रयास र अभ्यास हो, प्राविधिक रुपमा सक्षम छौँ भन्ने प्रमाणित गरेको छ ।” आफूले भिडियो कन्फ्ररेन्स भएकै दिनसमेत सञ्चारकर्मीलाई सोबारेमा स्पष्ट पारेको उहाँले बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दललगायतले भिडियो कन्फ्ररेन्समा गोपनियता नहुने, राष्ट्रहित खण्डित हुने, सार्वजनिक सत्तामाथि प्रश्न उठ्ने भन्दै सरकरको चर्को आलोचना गरेका थिए । सङ्घीय संसद्मै पटकपटक सो विषयमा सरकारको धारणा माग गरिएको थियो ।
चौतर्फी रुपमा उक्त विषय उठेपछि सरकारका प्रवक्ता बाँस्कोटाले स्पष्ट शब्दमा भन्नुभयो, “हामीले कुनै ढाँटछल गरेका छैनौँ, प्रविधिका प्रयोग गरेका हौँ, अनावश्यक रुपमा टिप्पणी नगरौँ ।” प्रधानमन्त्रीले मन्त्रीसँग कुरा गर्न नहुने गरी प्रश्न नउठाउन आग्रह गर्दै उहाँले राष्ट्र र सार्वभौम सत्ताको विषयलाई जोडेर गरिएको गलत प्रचार आपत्तिजनक र खेदजनक छ भन्नुभयो ।
“प्रधानमन्त्रीको त्याग, निष्ठा र सङ्कल्प, राजनीतिक आन्दालेनमा दिएको योगदान र राष्ट्रियताप्रतिको समर्पणका बारेमा कुनै प्रश्न उठाउन आवश्यक छैन”, प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “सार्वभौमिकता माथि प्रश्न उठडाइनु आपत्तिजनक छ ।” प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले त्यहाँ प्रधानमन्त्रीको उपचार चलिरहेको जानकारी दिनुभयो ।




















प्रतिक्रिया