Logo

टिप्पणी

के राप्रपाले गाई मा.रेको हो ?



गाई, राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह । नेपालको राष्ट्रि जनावरलाई चुनाव चिन्ह् बनाउन दिन नहुने विषय उठ्दा राप्रपाले मानेन । उसले गाई हिन्दुहरुले भगवानको रुपमा समेत मानेको आधारमा चुनाव चिन्ह छाड्न मानेन । देशलाई हिन्दु अधिराज्य बनाउने र राजसंस्था पुर्नस्थापित गर्ने उसको राजनीतिक नीति रहेको छ । तर, राप्रपामाथि अहिले गम्भीर आ.रोप लागेको छ–उसले योजनावद्ध तरिकाले गोबध गर्यो ।

के राप्रपाले गोबध गरेको हो ? सरकार र केही प्रभावशाली नेताहरुले राप्रपामाथि औंला ठड्याएका छन् । दैलेखको श्रीस्थानका किसानलाई वितरण गर्न भनेर लगिएका ३७० गाईगोरु मध्ये १८ गाई र ६ वटा गाई सुर्खेत वीरेन्द्रनगर राजमार्गको करिब २० मिटर तल ब्यु.रेनी खोलामा मृ.त भेटिएको घट.नामा नेपालगञ्ज उपमहानगरपालिका मुछियो ।

उपमहानगरपालिकाको मेयर धबल शमशेर राणा छन् । राप्रपा नेता समेत रहेका धवल त्यहाँका हस्ती हुन् । उनीमाथि औंला ठडिएपछि राप्रपा समेत मुछिएको हो ।

घट.नाका सम्बन्धमा गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको छ । १५ दिनभित्र छानविन पूरा गर्न भनिएको गृहले जनाएको छ । तर, गाईगोरु गडीमा हालेर दैलेख लगिंदा बीच बाटोमा भीरबाट गुल्टा.इएको विषय खुलेपछि नेपालगञ्ज उपमहानगरपालिका मात्र नभई राप्रपा विवादमा परेको हो । ‘कतै राप्रपाले धार्मिक दंगा भ.ड्का.उन ष.ड्य.न्त्र त गरेन ?’ यो प्रश्न उठाउनेहरु समेत छन् ।

समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राप्रपाले गाई मारेर पाखण्ड देखाएको ग.म्भीर आरोप लगाए । शनिबार सार्वजनिक रुपमै गौबधमा राप्रपाको संलग्ननता रहेको आरोप लगाएका हुन् ।

उनको आरोपलाई राप्रपाले गम्भीर रुपमा लिएको जनाएको छ । राप्रपा सहायक प्रवक्ता मोहन श्रेष्ठले हिन्दु र गाईको कुनै माया नभएका बाबुराम भट्टराईलाई कहाँबाट माया पलायो भनी प्रश्न गरे । उनले भने, ‘यो बाबुरामजीको हतास मानसिकता हो । देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले त्यस्तो बोल्न सुहाउँछ ?’

राप्रपा सस्तो लोकप्रीयताका लागि आस्थामाथि प्र.हार हुने षड्य.न्त्रमा कहिले संलग्न नहुने भन्दै जो यस्तै गतिविधिमा संलग्न रहँदै आएको छ उसैले आरोप लगाउने गरेको श्रेष्ठको भनाई थियो । उनले भने, ‘जस्तोसुकै ष.ड्यन्त्र असफल बनाएर भएपनि हिन्दु अधिराज्य र राजसंस्था स्थापित गरेर छाड्छौं ।’

विमानस्थलका कर्मचारीलाई ड्युटी समयमा मोबाइल नचलाउन मन्त्री भट्टराईको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल नचलाउने निर्देशन दिएका छन् । मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न विमानस्थल नेतृत्वलाई निर्देशन समेत दिएका छन् ।

विमानस्थल मुलुकको इ.ज्ज.तसँग जोडिएकाले कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने मन्त्री भट्टराईको भनाइ छ । विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसी टिभी क्यामेराको थप व्यवस्था गर्ने योजना रहेको पनि मन्त्री भट्टराईले बताए ।

मन्त्री भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई त.त्काल हटाउने चे.ता.वनीसमेत दिएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार ०८:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।