Logo

कोशी प्रदेश

केपी ओलीकै अखडा दमकमा कम्युनिस्टलाई दनक, कांग्रेसी उम्मेदवारले विजयी



कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापास्थित दमक उद्योग वाणिज्य संघको शुक्रबार भएको निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेस निकट संयुक्त लोकतान्त्रिक व्यवसायी समूहले अग्रता लिएको छ । प्रधानमन्त्री ओलीकै अखडा दमकमा कम्युनिस्ट उम्मेदवार कमजोर लेखिएका छन् भने लोकतान्त्रिक उम्मेदवारले अग्रता लिएका छन् ।

संघको अध्यक्षका लोकतान्त्रिक उम्मेदवार गोकुल श्रेष्ठले अग्रता बढाउँदै लगेका छन् । ७ सय मत गणना हुँदा श्रेष्ठले प्रतिद्वन्द्वी प्रगतिशील समूहका विमल खतिवडालाई १२३ मतको अन्तरले पछाडि पारेका छन् । श्रेष्ठले ४०७ मत ल्याएका छन् भने खतिवडाले २८४ मत ल्याएका छन् ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा प्रगतिशिल तर्फका उम्मेदवार गोपाल गुरागाईले ३७३, लोकतान्त्रिकका सुरज आचार्य ३१२, प्रथम उपाध्यक्ष पदमा लोकतान्त्रिकका राजु खड्काले ३६२, प्रगतिशीलका युवराज घिमिरेले ३१८, द्वितीय उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङ्गयाले ३१३ मत, प्रगतिशीलका घनश्याम खनालले २८४, स्वतन्त्र टिका प्रसाइँले ८१ मत पाएका छन् ।

तृतीय उपाध्यक्षमा लोकतान्त्रिकका रमा लिम्बुले ३५९ र प्रगतिशीलका ज्ञानु पौडेलले ३१९ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले बताएका छन् ।

यसैगरी खुला सदस्य ६०० मत गणना गर्दा असिम राई २८६, चन्द्र खत्री ३३, तुलसीराम तिम्सिना ३०३, नविन अग्रवाल ३०१, पदम न्यौपाने २५६, भरतकुमार चौलागाई ३०७, राजकुमार थापा २७३, रुद्र दाहाल २२८, सञ्जित रौनियार २१७, सुवासचन्द्र गड्तौला २३३, सुमन काफ्ले २४२ र सुरज लिम्बुले २३१ मत प्राप्त गरेका छन् ।

वस्तुगत ८०० मत गणना गर्दा गायत्री पौडेल ९सन्तोष ० ४३८, तिलबहादुर डाँगी ९तिलक० २६९, तोयानाथ अधिकारी ९राजेश० ३९६, दिनेशप्रसाद सुवेधी ३३९, प्रकाश नेपाल ३३४, भेनस श्रेष्ठ ४१०, मोहन ढकाल ४५३, राधाकृष्ण आचार्य २८५, रिङ्गकुमार आचार्य ३७२ र रुवल अधिकारीले ४१० मत पाएका छन् ।

महिला सदस्य ५०० मत गणना गर्दा कविता अधिकारीले १२६, चन्द्रमाया निरौला ९जमुना० १९५, दिलकुमारी सुब्बाले १९७, बिन्दु सिटौलाले २२३ र सुस्मा निरौलाले २५६ मत पाएकी छिन् । लेखातर्फ ६०० मत गणना गर्दा संयोजकमा खोमप्रसाद बगाले ३१७, पारसमणी आचार्य २७४, सदस्यतर्फ कृष्णराज दाहाल ३६०, दिपेन्द्र तिवारी २६२ ,मोहन मागर मिन २७९ र लालबहादुर श्रेष्ठले २४६ मत प्राप्त गरेको निर्वाचन समितिले बताएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार १६:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।