Logo

प्रमुख समाचार

समाजवादी पार्टीकी नेतृ हिसिला यमी सवारी दुर्घटनामा



पूर्व मन्त्री तथा समाजवादी पार्टीकी नेतृ हिसिला यमी सवारी दुर्घटनामा परी घाइते भएकी छन् । यमी स्कुटर दुर्घटनामा परेर अस्पताल भर्ना भएकी हुन् ।

आइतबार दिउँसो पार्टी कार्यालय जाने क्रममा ललितपुरको ग्वार्कोमा यमी सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएपछि उनी दुर्घटनामा परेको र तत्कालै विएण्डबी अस्पताल भर्ना गरिएको यमीकी छोरी मानुषीले बताइन् ।

मानुषीका अनुसार हिसिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बाहिरी चोट देखिएको छैन । हिसिला सवार स्कुटर उनकै सहयोगी एक युवतीले चलाएकी थिइन् ।

प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । तर ट्राफिक प्रहरीले यमीलाई ठक्कर दिने मोटरसाइकलको नम्बर खुलाउन चाहेको छैन ।

यसैबीच समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पत्नी हिसिलासहितको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार ०९:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।