समाजमा अझैपनि छुवाछुत र बोक्सीप्रथाले छुटकारा पाउन सकेको छैन । यसै शिलसिलामा सल्यान जिल्लामा फेरी एक महिलालाइ बोक्सीको आरोप लागेका छन् । जिल्लाको शारदा नगरपालिका–१ श्रीनगर निवासी ६० वर्षीया महिलालाइ बोक्सी आरोप लगाएको आरोपमा तीन जनालाइ अदालतले कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधिश कुल प्रसाद पाण्डेको फैसला बमोजिम मंसिर २१ गते तीन जना महिलालाइ कैद सजाय र जरिवाना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वलीका अनुसार उक्त नगरपालिकामा गत भदौ ५ गते बोक्सी भनेको आरोपमा प्रहरीले सोही ठाउँ निवासी २१ वर्षीया सरिता खड्का, २४ वर्षीया गिता खड्का र २३ वर्षीया जयन्ती रोकालाइ ०७७ असोज १२ गते गिरफ्तार गरेको थियो ।
जयन्ती र गिता छिमेकी रहेको र बिरामी परेको बेला स्थानीय सरितालाइ हात हेराउन जाँदा तिमीहरुलाइ पार्वती थापा बोक्सी लागेकी छ त्यसैले तिमीहरु बिरामी हुन्छौ,त्यहाँ गएर एकसरो लुगा छोड अनी सन्चो हुन्छ भनेपछि दुबैजनाले त्यसै गरेको अदालत सामु स्वीकार गरेका हुन् ।
पीडित महिलाले त्यो कुरा थाहा पाएपछि प्रहरीमा जाहेरी दिएकी हुन् । हाल जिल्ला अदालत सल्यानले मंसिर २१ गते जयन्ती खड्कालाइ ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनायो भने अन्य दुईजना सरिता खड्का र गिता खड्कालाइ जनही ३ महिना कैद र २ हजार ५ सय रुपैयाँ जरिवानको फैसला सुनाएको श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी बताए ।




















प्रतिक्रिया