Logo

बैंकिङ

आइसीएफसी फाइनान्सले १५ प्रतिशत लाभांश दिने



आइसीएफसी फाइनान्सले लगानीकर्तालाइ १५ प्रतिशतको लाभांश दिने भएको छ । फाइनान्सको आईतबार बसेको संचालक समिति बैठकले १० दशमलव ५ प्रतिशत बोनस शेयर र करसहित ४ दशमलव ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
फाइनान्सले हाल कायम रहेको ९२ करोड ६५ लाख २ हजार रुपैयाँ चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

फाइनान्सले कुल ९ करोड ७२ लाख ८२ हजार ७ सय १० रुपैयाँ बराबरको बोनस शेयर र ४ करोड १६ लाख ९२ हजार ५९० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको हो । राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ ।

प्रकाशित मिति : मंसिर २२, २०७७ सोमबार  ११ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।