Logo

बैंकिङ

इन्भेष्टमेन्ट बैकले साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दै



नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र निष्काशनको लागि बोर्डबाट अनुमति पाएको छ । बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको ७ बर्षे अवधिको ४ अर्ब रुपैयाँ बराबरको नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले बिक्रि गर्न लागेको ४ अर्बको ऋणपत्रमध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि छुट्याएको छ भने बाँकी २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरमा निष्काशन गर्ने जनाएको छ ।

ऋणपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ११:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।