Logo

बैंकिङ

राष्ट्र बैंकले १७ अर्ब २६ करोडको ट्रेजरी बिल निष्काशन गर्दै



नेपाल राष्ट्र बैंकले १७ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल पुस २१ गते परिपक्क हुनेछ । यसैगरी, बैंकले ९१ दिनको अवधिको लागि १२ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल फागुन २५ गते परिपक्क हुने बैंकले जनाएको छ ।

आज मंसिर २२ गते ३ बजे बोलकबोल भएर भोलि मंसिर २३ गते ट्रेजरी बिल बिक्री हुने बैंकले बताएको छ ।

nrb.jpg

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १२:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।