Logo

कोशी प्रदेश

पत्रकार शिवाकोटीलाई सुरक्षा दिन युनियनको माग



निर्वतमान सभामुख कृष्णबहादुर महराको यौन कर्तुत बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटी असुरक्षित भएको भन्दै प्रेस युनियन सुनसरीले आपत्ति जनाएको छ । प्रेस युनियन सुनसरीले विज्ञप्ती जारी गदै नेपाल प्रेस युनियनका महासचिव तथा हाम्रा कुरा डटकमका प्रधान सम्पादक समेत रहेका शिवाकोटीको सुरक्षा गर्ने सरकारलाई आग्रह गरेको हो ।

शिवाकोटीले समाचार लखेकै भरमा सुरक्षा थ्रेट बढेको भन्दै तत्काल सुरक्षा व्यवस्था नमिलाए कडा आन्दोलन गर्ने नेपाल प्रेस युनियन सुनसरीको अध्यक्ष धनबहादुर पुरीले जनाएका छन् ।

पुरीले बिहीबार जारी गरेको विज्ञप्तीमा लोकतन्त्रमा समाचार लेखेकै भरमा पत्रकार असुरक्षित हुनु गम्भीर विषय भएको र सामाजिक सञ्जालहरुमा पत्रकारलाई तल्लो स्तरमा गाली गलौज गर्ने गरिएको प्रति आपत्ति प्रकट गरिएको छ ।

मिति ः २०७६÷०६÷१६

प्रेस विज्ञप्ति

हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रसारित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी माथी सुरक्षा चुनौती देखिएको सम्बन्धमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

यस सम्बन्धमा नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको आज बसेको आकस्मीक बैठकले युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भिर आपत्ति प्रकट गरेको छ ।

नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौ ।

समाचार लेखेकै आधारमा महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न तथा उहाँको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गर्दर्छौं ।

कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो हुँदा हुँदै त्यसका विपरीत हुलहुज्जत गर्ने र धम्क्याउने कार्यले सिंगो प्रेस जगतलाई नै आतंकीत बनाउन खोज्नु दुभाग्र्यपुर्ण छ । स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ हो । यस तर्फ सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै प्रेस माथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे नेपाल प्रेस युनियन कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिन चाहन्छ ।

बद्री सिग्देल
अध्यक्ष

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार ०९:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।