Logo

टिप्पणी

`अवैध´ महासचिव शाहीको `अवैध´ कार्य



नेपाल तरुण दलका ‘अबैध’ महासचिव भुपेन्द्रजंग शाहिले अर्को ‘अबैध’ कार्य गरेको भेटिएको छ । तरुण दलको उपत्यका स्तरिय बैठकको निर्णय भन्दै ७७ जिल्ला समितीलाई ‘अबैध’ परिपत्र गरिएको पाईएको हो ।

गत ३० भदौमा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले संगठनको हितमा काम नगरेको भन्दै संगठनको महासचिवबाट निष्कासित गरेका थिए । शाहिले आफू निष्कासित भएको केही दिनमा नै तरुण दलको अध्यक्षलाई अध्यक्षबाट निष्कासित गरेको घोषणा गरेका थिए ।

त्यस्तै महासचिव शाहिले संगठनको लेटरप्याडको दुरुपयोग गर्दै हिजो (मंगलबार) महासचिवको हैसियतमा हस्ताक्षरित एक परिपत्र जारी गर्दै ७७ नै जिल्ला समितिलाई नेपाल तरुण दलको केन्द्रीय समितीको आयोजनामा यहि कार्तिक ५ गते बसेको उपत्यका स्तरिय तरुण दलको भेलाको निर्णय अनुसार तरुण दलको स्थापना दिवसको अवसरमा देशब्यापी भब्य रुपमा यहि कार्तिक १० गते आ-आफ्नो ठाउँमा सृजनात्मक, रचनात्मक र तिहारको समय भएकोले भ्रष्टाचार बिरोधि देउसी-भैलो कार्यक्रम समेत गरि मनाउन परिपत्र समेत गरिएको उल्लेख छ ।

संगठनको महासचिवबाट निष्कासित भै सकेका ‘अबैध’ महासचिवले गरेको ‘अबैध’ परिपत्रको बारेमा जानकारी लिन तरुण दलका अध्यक्ष बस्नेतलाई फोन सम्पर्क गर्दा उनले आफू ब्यस्त रहेको प्रतिक्रिया दिदैं यो बिषयमा पछि कुरा गर्ने जानकारी दिए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट महासचिव भएका शाहीले आफू निष्कासित भएको प्रतिशोध लिन अध्यक्ष बस्नेतलाई कार्वाहिको घोषणा गरेको तरुण दल बृत्तमा चर्चा छ ।

यो पनि पढ्नुहोस् 

रामचन्द्र नै पार्टी हो भन्ने महासचिव शाही त्यतिबेलादेखि नै अवैध

नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले पाएको पद पनि वैध होइन । ३ वर्षअघि पोखरामा महाधिवेशन हुने भनेर तयारी भएपछि अन्तिममा नेपाली कांग्रेसका ४ जना नेताले आफ्नो भागवण्डामा कमिटी बनाएका थिए ।भूपेन्द्र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिन्छन् । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो तर्फबाट जितजंग बस्नेतलाई अध्यक्षको टिको लगाइदिए । अर्का नेता प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पनि १-१ जना भाग पाएका छन् ।

३ वर्ष बितिसक्दा पनि न त तरुण दलको कतै कार्यक्रम भएको छ न त यसले पूर्णता नै पायो । भागवण्डामा आएका ४ जनाले पनि कहिल्यै समितिलाई पूर्ण बनाइयोस् भन्ने माग गरेनन् । ९५ जनाको केन्द्रीय समिति ४ जनामा सिमित रहँदा तरुण दल ‘मरेतुल्य’ भएको छ ।केही दिनअघि अध्यक्ष बस्नेतले महासचिव शाहीलाई दलको विधान विपरीत काम गरेको भन्दै पदबाट हटाए । त्यतिबेला नै जोसिएर शाहीले पनि अध्यक्ष बस्नेतलाई कारवाही गरेको विज्ञप्ती निकाले ।

एकले अर्कालाई आरोप लगाउँदै उनीहरु कमजोर भइसकेका छन् । शाहीले आफूले राम्रो काम गर्दै गरेको र अध्यक्षले सहन नसकेर पनि आफूमाथि कारवाही गरेको भन्न पनि भ्याएका छन् । देशमा घटेका विभिन्न विषयबस्तुमाथि आफूले आन्दोलन गरौं भनेर भनेपनि अध्यक्षले नमानेको शाहीको आरोप छ ।

शाही नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष हुन् । उनी पार्टीको विचार राख्न सक्छन् र आफ्नो लेखनबाट पार्टीको धारणा पुर्‍याउन पनि सक्छन् । उनी २०७० र २०७४ सालमा भएको संविधानसभाको र प्रतिनिधिसभाको निर्वाचनमा कालिकोटबाट पराजित भएका थिए ।

काठमाडौं बस्ने र नेताको पछि लागेर टिकट लिने भनेर उनलाई कालिकोटका पुराना कांग्रेसीहरुले आरोप लगाउँदै आएका छन् । नभन्दै उनी पार्टीभन्दा पनि रामचन्द्र पौडेलको मात्र बढी माया गर्छन्, पार्टीभन्दा पनि गुट बन्नुपर्छ भन्ने सानो विचारले उनलाई क्रमशः कमजोर बनाउँदै लगेको छ । रामचन्द्र पार्टीगत रुपमा मात्र नभएर जनताका नजरमा समेत कमजोर भएका छन् तर गुटको नेतृत्व गरेका उनको नाम बेचेर धेरैले फाइदा लिएपनि उनलाई भने पत्तो छैन ।

रामचन्द्र देउवासँग मागिरहन्छन्, देउवासँग सभापतिमा हारेका उनले पार्टीमा ४० प्रतिशत भागवण्डा पाउनु अधिकार हो भनेर सधैं देउवासँग किचकिच गरिरहन्छन् । पाएपछि जे पद पनि लिइहाल्ने पाराले उनी अहिले आलोचित भएका छन् । तरुण दलको महाधिवेशनमा अध्यक्षको दावी गर्दै डडेलधुराका नेता कर्णबहादुर मल्लले पहिलेदेखि नै तयारी गरेका थिए । तर अन्तिममा टिके प्रथा भएपछि उनी पनि निराश भए ।

मल्लले आफ्नो जित हुने निश्चित भएकाले महाधिवेशन नगरेको भन्दै अझैसम्म नेतृत्वको आलोचना गर्दै आएका छन् । डडेलधुरा सभापति मल्ल अहिले सुदुरपश्चिम प्रदेशका संसदीय दलका नेता हुन् । उनीसहित ४ जनाले मात्र यो प्रदेशमा निर्वाचन जितेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार ०८:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।