Logo

सुरक्षा/अपराध

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



उदयपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-९ बस्ने ६३ वर्षीय सूर्य पोखरेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सूर्यले ती बालिकालाई सोही ठाउँ स्थित सिटी हलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १२:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।