Logo

मधेश प्रदेश

बारामा अवैध रुपमा भन्सार छलि ल्याएको विभिन्न सामान बरामद



बारा जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलि ल्याएको करिब ८ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न सामान आइतबार र सोमबार प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरीले भन्सार छलि ल्याएको ४ लाख ५० हजार रुपैयाँ बराबरको बिभिन्न तयारी कपडा, १ लाख ५० हजार रुपैयाँ बराबरको प्याज र मालसामान ओसार पसारमा प्रयोग भएको करीब २ लाख ५० हजार रुपैयाँ बराबरको ४ थान मोटरसाइकल फेला पारी बरामद गरेको हो ।

बरामद समानको साथै तस्करीमा संलग्न पर्सा वीरगंज महानगरपालिका-१ छपकैया बस्ने ३२ वर्षीया रुवि खातुन समेतलाई पक्राउ गरी भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १२:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।