Logo

बैंकिङ

कुमारी बैंकका ग्राहकले चित्रावन क्युअर हस्पिटलमा १० प्रतिशत छुट पाउने



कुमारी बैंकका ग्राहकले चित्रावन नेचर क्युअर हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएसँगै ग्राहकले छुट पाउने भएका हुन् । सम्झौतापश्चात् बैंकका ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले बैंक र हस्पिटल बीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका नारायणगढका शाखा प्रबन्धक सुजन ढुंगाना र अस्पतालका निर्देशक डा. विशाल सापकोटाले छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम चित्रावन नेचर क्युअर हस्पिटलमा बेड चार्जेज, जेनेरल प्याथोलोजी, बाहय रोग उपचार लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कको भुक्तानी कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : मंसिर २२, २०७७ मंगलबार  २ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।