Logo

कोशी प्रदेश

युवा संघका वडाध्यक्ष सहित ५५ जना युवा नेपाली कांग्रेसमा प्रबेश



पूर्व नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन युवा संघ नेपालका तत्कालिन धरान १६ वडा कमिटिका अध्यक्ष गौतम खालिङसहित ५५ जना स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका मेयरका उम्मेद्वार तिलक राईको मङलवारको घरदैलौ कार्यक्रमको अवसरमा गणेशमान चौकमा आयोजित कोण सभामा युवा नेता खालिङ्गको नेत्रित्वमा मानबहादुर राई, राजु चौधरी, राजन राई, सुमित राई, भिक्षण राई, किरण बराइली, प्रशान मगर, अनिल राई, मनिस थापा मगर, नवीन लिम्बू , रोशन गौतम, बिकास कार्की, सरोज परियार, राहुल बराइली, भिष्म खालिङ, सुरज कालिकोट, समुति कालकोटे, कबिर श्रेष्ठ, मेनम राई, प्रोगेस शाक्य, आर्चु श्रेष्ठ, निर्मल श्रेष्ठ, सुजन श्रेष्ठ, कमल राई, अर्जुन मगर, जिवन रामदाम, चन्द्र खत्री, नन्दर राई, अबिसन श्रेष्ठ, सुनिल गुरुङ, रुपेस बिक, आमोस दर्नाल, किरण मगर, बिनोद कार्की, लखन धमला, धनराज राई, मिलन राई, सौरब मार्के, सुमित रानामगर, भुवन पुरी, सुदन राई, युगल राई, बिष्णु राई, कसत राई, सुरज राई, मादा राई, मनोज राई, देबि दाहाल, प्रकाश तामाङ,अमर तामाङ, शानबहादुर तामाङ, मिनकुमार तामाङ, बिक्रम तामाङ, कृष्ण बिक सहीत ५५ जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस वडा नं १६ का सचिब बिजय घिमिरेले बताए ।

नव प्रबेशीहरुलाई मेयरका उम्मेदवारर तिलक राई, केन्द्रीय सांसद मीन सुब्बा, पुर्व सांसद हरिनाथ बास्तोला, क्षेत्रीय सभापति सुरेसमान श्रेष्ठ, सचिब मुरारी भट्टराई, महिला नेत्री उमा बास्तोलालगायतको अविर र माला लगाएर स्वागत गरेका थिए। नव प्रवेशीलाई मेयरका उम्मेद्वार तिलक राईले फुलमाला अबिर लगाएर प्रवेश गराएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले धरानको समृद्धिकालागि आफु काम गर्न तयार रहेको भन्दै धराने जनताको सारथी हुने चाहनाले आफुले मेयरको उम्मेद्बारी दिएकाले एक पटक धरानकालागि काम गर्न मौका दिन आग्रह गरे ।

उनले यो उपनिर्वाचन कांग्रेसको चाहाना नभएको तर नेकपाको अदुरदर्शि निर्णयका कारण पुनः निवार्चनमा जानुपरेको बताए । भष्ट्रचारबाट लिप्त नेकपाको सरकारलाई कारवाही स्वरुप परिवर्तनको पक्षमा मत हाल्न आग्रह समेत उनले गरे ।

बिभिन्न पाटी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश

त्यसैगरी धरान–१७ पटनालीमा नेपाल कम्युनिष्ट पार्टीसहित अन्य साना पार्टी परित्याग गरि ३० जना कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसको चुनाबी प्रचारप्रसार अन्तरगत भएको कोण सभामा भोला तामाङ, चित्र कुमार राई, अनिल कुमार राई (रबिन) सप्तमान राई, मेनुका राई, सबिना राई, सीता बान्तवा, जितबहादुर बुढाथोकी, अबिशेक राई, फुलमाया तामाङ, सुभद्रा राई, रन्जनी राई, सम्वर बहादुर तामाङ ,लक्ष्मी राई, अन्नत तामाङ, दिपा राई, उत्तम बिक, बिनिता राई, जितबहादुर राई, गौमाया बिक, पन्थीरानी राई, मणिकुमार राई, ऋषि राई, बिशाल राई, राज राई, रामलाल राई, उमेश राई, श्रवण राई र खेमकुमार राईलगायत कांग्रेस प्रबेश गरेका हुन् ।

नव प्रबेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन बिश्बकर्माले फुलमाला अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार १०:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।