Logo

सुरक्षा/अपराध

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ



बाँकेमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी नरैनापुर गाउँपालिका-२ बस्ने २४ वर्षीय हेमन्त कुमार शर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

२०६६ कार्तिक २७ गते राति ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत बाँकेको २०६८ असार ३१ गतेको फैसलाले १० वर्ष कैद सजाय भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई कैद सजाय भुक्तान असुलका लागि कारागार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।   

 

 

प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार  १० : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।