Logo

प्रमुख समाचार

बाग्लुङमा १०० जना नोपाली कांग्रेसमा प्रवेश



बाग्लुङमा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको निसिखोला गाउँपालिका वडा न.७ राजकुटबाट विभिन्न पार्टी परित्याग गरि एक सय जना नेपाली कांग्रेसका प्रवेश गरेका हुन् ।

उपनिर्वाचनमहुने बागलुङ क्षेत्र न.२ (ख)मा नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर शेरचनले गरेको चुनावी सभामा उनीहरु प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शंकर भण्डारीले उनीहरुलाई साधारण सदस्यता प्रदान गर्नुका साथै टीका र माला लगाई प्रवेश गराएका छन् । कांग्रेस प्रवेश गर्नेमा नेकपा, जनमोर्चा र राप्रपाका स्थानीय नेता तथा कार्यकर्ता रहेका रहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार ०३:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।