नेपाल बङ्गलादेश बैंकले काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगर, स्थित सामुदायिक विकास समितिलाई ३ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ ।
समितिले स्थापना काल देखिनै आफ्नो क्षेत्र भित्र बाटो, दल, खानेपानी, विजुलीवत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाईको कार्य गरिरहेकोले बैंकले थप प्रोत्साहन मिल्ने जनाउँदै सोही सहयोग गरेको हो ।
हस्तान्तरण गरिएको रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गरिने जनाएको छ ।
बैंकको कमलादी स्थित प्रमुख कार्यालयमा भएको कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख संचालन अधिकृत सुरेश देवकोटाद्वारा समितिका सचिव हर्क बहादुर भट्टराईलाई रकम हस्तान्तरण गरेका हुन् ।




















प्रतिक्रिया