वैवाहिक सम्बन्ध ठिक राख्नको लागि दुवै पक्षको उत्तिकै भुमिका रहन्छ । जब अति नै मनमुटाव आउँछ । तब समाधान भनेको दुवै विचको सम्बन्ध बिच्छेद नै हो । पति पत्निबीच हुने वैमनस्यताको कारण त धेरै नै सुनेको छौ तर भारतमा एउटा यस्तो कारणले निकै चर्चा पाएको छ ।
महाराष्ट्रको पुर्णे शहरमा बस्ने एक महिलाले आफ्नो पतिबाट सम्बन्ध विच्छेद गर्नका लागि अदालतमा निवेदन दिएकी छिन् । उक्त महिलाले सम्बन्ध विच्छेद गर्नाको कारण आश्र्चय लाग्दो छ ।
महिलाले बताए अनुसार उनका पतिले प्रत्येक रोटीको २० सेमी गोलाईमा बनाउन लगाउने र बनाउन नसकेमा झगडा र कुटपिट पनि गर्ने गरेका थिए । उनका पति आईटी इन्जिनियर हुन् । यसैकारण सबै चिज उसले भने जस्तो राम्रो बनाउनु हुन्थ्यो ।
उनको पतिलाई प्रत्येक दिन प्रत्येक रोटीको साइज चेक गर्नुपर्थ्यो । दिनभरको काम लिखित रुपमा जानकारी दिनुप¥थ्यो । हरेक दिन उसले दिएको काम पुरा नभएमा तथानाम गाली गर्नुृका साथै कुटपिट गर्र्ने गरेको महिलाले भनेकी छिन् ।
पति रिसाएको बेला सानो गल्तीमा पनि एयरकंडिशन कोठामा चिसोपानी हालेर कोठा बन्द गरिदिन्थे । आफुलाई पटक पटक सुसाइड गर्नको निम्ती प्रेसर दिने कुरा उक्त महिलाले बताएकी छिन् । उनले आफ्नो छोरीको कारण मर्न नसकेको भनेकी छिन् । उनीहरुको सन् २००८ मा विवाह भएको थियो । विवाह पछि केहि साल त राम्रै थियो तर पछि पतिले अनौठो व्यवहार गरे ।
टाउकोविनाको कुखुरा
तपाईलाई पत्याउन नै गाह्रो हुन्छ । टाउको विना कसरी बाच्यो होला त कुखुरा , तर यो सत्य घटना थाईल्यान्डको हो सात दिन अगाडि टाउको कुखुरा बाँचिरिहेको छ, हिडिरहेको छ ।
बौद्ध भिक्षुहरुले आफ्नो गुम्बामा उक्त टाउको काटिएको कुखुरालाई संरक्षण गरिरहेको छ । कुखुरालाई सुइ मार्फत खाना खुवाइरहेको छ । सुईबाट खाना ख्वाएको भिडियो अहिले सामाजीक संजालमा भाइरल भएको छ ।
टाउको काटिएको कुखुरा जिवित रहनाको कारण कुखुराको शरीरको संरचना हो । कुखुराको दिमाग टाउकाको तल हुन्छ र टाउकाको पछिल्लो भागबाट पनि सास लिन्छ । यसकारण टाउको काट्दा पनि कुखुरा केही दिन सम्म जिवित रहन सक्छ ।
भ्रमण वर्षको पैदलयात्रामा महिला
‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रवद्र्धनका लागि झापाको मेचीनगरबाट महिला मात्र रहेको एक टोली स्थानीय पर्यटकीयस्थलको पैदलयात्रा ९ट्रकिङ ०मा निस्किएको छ ।
आज बिहान धुलाबारी मोडबाट हरियो टी सर्ट, कालो पाइन्ट र रातो जुत्ता लगाएर यात्रामा निस्किएको महिला टोलीमा मेचीनगरका ३५ अगुवा महिला सामेल छन् । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले पैदलयात्रामा निस्किएका महिलालाई ‘साहसी महिला’को संज्ञा दिँदै अबिर टीका लगाएर यात्राको शुभकामना व्यक्त गरेका थिए। उनले महिला मात्रै सहभागी पैदलयात्रा झापामा पहिलोपटक भएको जनाउँदै महिला चुलोचौकामा सीमित हुने जमाना अब गएको बताए ।
पैदल टोलीले मेचीनगरको थोप्लेविरान पर्यटकीय क्षेत्र, शान्तिनगरस्थित भाषाशास्त्री महानन्द सापकोटाको जन्मस्थल देवानछाप हुँदै बुद्धशान्ति गाउँपालिकाको सुनमाईस्थित धारागोला दृश्यावलोकन स्तम्भसम्मको १९ किलोमिटर यात्रा सम्पन्न गर्ने टोलीप्रमुख रेणुका डाँगीले बताए । टोलीमा मेचीनगरको राजनीतिक, सहकारी, शिक्षा, पत्रकारिता, साहित्य र खेलकुद क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका अगुवा रहेका छन् । उहाँहरुले राष्ट्रिय झण्डा र भ्रमण वर्षको लोगो बोकेको छ ।

















प्रतिक्रिया