Logo

सुरक्षा/अपराध

अवैध लागूऔषध सहित ५ जना पक्राउ



पर्सा, सखुवापर्सौनी गाउँपालिका-२ श्रीपुर पचगवाबाट करिब ५ किलो अवैध लागूऔषध चरेश सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सागढीमाई नगरपालिका-९ हरिहरपुर बस्ने ३७ वर्षीय भिम प्रसाद यादव र सोही ठाउँ बस्ने २२ वर्षीय घनश्याम यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले बीआर २२ एपी ८८२३ नम्बरको मोटरसाइकललाई जाँच गर्दा १० वटा पोकामा रहेको उक्त चरेश फेला पारी मोटरसाइकल चालक घनश्याम र मोटरसाइकलमा सवार भिमलाई पक्राउ गरेको हो ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-९ बाट नियन्त्रित लागूऔषध १२ हजार ५ सय क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोरिड, १ हजार ६ सय ५० ट्याब्लेट नाइट्राभेट र एकसय एमएलको ३० बोतल तलनिकोफ सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ जहदा गाउँपालिका-४ बस्ने ३७ वर्षीय उमेश कुमार मण्डल, भारत दरभंगा गाँउ सासिनपुर थाना कुलेश्वरस्थान बस्ने २७ वर्षीय ओम प्रकाश यादव र सुनसरी ईटहरी उपमहागरपालिका-८ बस्ने १९ वर्षीय कोसनम बस्नेत रहेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  

सप्तरी, बलानबिहुल गाउँपालिका-६ बिहुल पुलबाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित खडक नगरपालिका-११ बनौली बस्ने ४५ वर्षीय शैलेन्द्र यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले स.२ प ३४१७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक यादवलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार  १ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।