धनकुटाको साँगुरीगढी गाउँपालिका-७ गोरखारीस्थित राईहरुको पर्व सरस्वती पूजामा डाइस खेलिरहेको अवस्थामा ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा साँगुरीगढी गाउँपालिका-७ बस्ने २९ वर्षीय प्रतिभा राई, सोही गाउँपालिका-९ बस्ने २६ वर्षीय सुजन राई, सुनसरी धरान उपमहानगरपालिका-२० बस्ने २० वर्षीय प्रदिप राई र सोही ठाउँ बस्ने २४ वर्षीय मीनकुमार राई रहेका छन् । उक्त पूजामा डाइस खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार रुपैयाँ र एक सेट डाइस सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया