Logo

बैंकिङ

एनएमबि बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्न बोर्डलाई माग्यो अनुमति 



एनएमबि बैंक लिमिटेडले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन नेपाल धितोपत्र बोर्डसँग माग गरेको छ । 
बैंकले मंगलवार सात वर्षे अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर रहेको एनएमबि ऋणपत्र २०८४–८५ निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो । उक्त ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

कुल २० लाख कित्तामध्ये ८ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री गर्ने र बाँकी १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न बैंक तथा वित्तीय संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार १३:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।