Logo

समाचार

भारतमा एकै दिन ३१ हजार ५२२ सङ्क्रमित थपिए



बुधबार भारतमा एक दिनमा थप ३१ हजार ५२२ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ६७ हजार ३७२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयका अनुसार हाल तीन लाख तीन ७२ हजार २९३ व्यक्ति अझै सक्रिय सङ्क्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम सङ्क्रमित भेटिएको यो लगातार ३२ औँ दिन हो । भारतमा कोरोना भाइरस सङ्क्रमणबाट २४ घण्टामा थप ४१२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४१ हजार ७७२ पुगेको छ ।

भारतभरी सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ७४ हजार ३१५ अझै पनि सक्रिय सङ्क्रमित रहेका बुधबार जनाइएको छ । महाराष्ट्रपछि केरलामा ६० हजार ६६ सक्रिय सङ्क्रमित अवस्थामा रहेका छन् । दिल्लीमा ्र२० हजार ५४६ सक्रिय सङ्क्रमित रहेका छन् भने ५ लाख ६९ हजार २१६ व्यक्ति सङ्क्रमणबाट मुक्त भएका छन् । दिल्ली कोरोना भाइरस सङ्क्रमणको कारण ९ हजार ८१३ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १५ करोड ७ लाख ५९ हजारको नमूना परीक्षण गरेको जनाएको छ । बुधबार एकै दिनमा ९ लाख २२ हजार ९५९ जनाको नमूना परीक्षण भएको थियो ।

भारतमा ९२ लाख ५३ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार ११:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।