Logo

मेरो शेयरमै सीआस्वा सेवा सुरु, अब मेरो शेयरबाटै आइपिओमा आवेदन दिन सकिने



सीडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको एपमा सीआस्वा सेवा थप गरेको छ । एपमा सो सेवा थपिएसंगै लगानीकर्ताले एपबाट नै आईपिओमा आवेदन दिन सक्ने जनाएको छ ।

प्ले स्टोरमा गएर अप अपडेट गरेपछि मात्र एपमा सीआस्वा सेवा थप भएको देखिने कम्पनीले जनाएको छ । सिडीएसले गत भदौ ३१ गते एपको बेटा भर्जन सार्वजनिक गरेको थियो । सिडीएसले मेरो शेयरको वेब भर्जनमा भएका सीआस्वा सेवा बाहेकका सबै सेवा प्रयोग गर्न सकिने गरि एप सार्वजनिक गरेको थियो ।

सिडीएसले हाल यो एप एनड्रोईड प्रयोगकर्ताको लागि मात्र उपलब्ध भएको र निकट भविष्य मै आईओएस प्रयोगकर्ताहरुलाई ल्याईने जनाएको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १२:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।