Logo

सुरक्षा/अपराध

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ



उदयपुरमा आफ्नै बुबा ५५ वर्षीय नेत्र बहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिसा पुलामी मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झगडामा मंगलबार अनिसाले कुटपिट गर्दा घाइते भएका नेत्रको बुधबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १२:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।