सर्वसाधारणलाई विभिन्न आकर्षक नारा छर्ने गरेको एनआईसी एसिया बैंकको गम्भीर लापरवाही फेला परेको छ । एक चर्चित कलाकारलाई डेढ महिनासम्म घुमाएर काम नै नगरिदिएको प्रकरणबाट यस्तो लापरवाही खुलेको हो ।
बैंक पनि साथी पनि र राम्रो पनि हाम्रो पनि जस्ता आकर्षक स्लोगन राखेको यस बैंकले नायक, निर्माता तथा निर्देशक जयराम बस्नेत (जय किशन) लाई जग्गा बन्धकी राखेर ऋण दिलाउँने आस्वासन दिएर पछि यो र त्यो बहाना बनाउँदै खाली हात बनाई दिएको आरोप स्वयम भुक्तभोगी बस्नेतले लगाएका छन् । नायक बस्नेतका अनुसार बैंकको स्लोगन साथी बनेर नजिकिएको बहाना बनाउँने अनि डस्ने खालको रहेको छ भने उसको व्यवहारले राम्रो र हाम्रो त कुनै पनि हालतमा भन्न मिल्ने खालको छैन ।
लकडाउन सुरु भएपछि बस्नेत ३० लाख ऋण निकाल्न उक्त बैंकमा पुगेका थिए । बैंकले भने बमोजिमका कागजपत्र पनि उनले बैंकलाई बुझाए । बैंकले जग्गाको मुल्याँकन गर्न भ्यालुएटर पठायो तर सबै भईसके पछि बैंकले कहिले के र कहिले के भन्दै झुलायो । अनमलाइनपाना सम्वादमा बोल्दै नायक जय किशन बस्नेतले बताए अनुसार डेढ महिनासम्म धाउँदा पनि काम नभएपछि उनले आफ्नो फाईल फिर्ता लिन बाध्य भए ।
उक्त बैंकमा गैर जिम्मेवारी पना पनि यतिसम्म छ कि सम्बन्धित व्यक्तिहरु कसैले पनि फोन उठाउँदैनन् । नत अन्तिममा फाईल फिर्ता लिदा बुझाएको पुरा कागजपत्र नै फिर्ता पाए । नायक बस्नेतले उक्त बैंकमा कारोबार गरेर आफु जस्तै दुख नपाउँन आम सर्वसाधारण व्यक्तिहरुलाई आग्रह गरेका छन् ।
पुृरा विवरण नायक बस्नेतकै मुखबाट सुनौं :
प्रतिक्रिया