Logo

शेयर बजार

साताको पहिलो नेप्से उत्साहजनक



साताको पहिलो दिन आईतबार ४२ दशमलव ६१ अंकले बढेर १ हजार २ सय ५५ दशमलव ७२ अंकमा कायम भएको छ भने कारोबार रकम एक खर्ब ३३ करोड नाघेको छ । आइतबार बीमा र लघुवित्त संस्थाले बढि कारोबार गरेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल लाइफको सेयर प्रतिकित्ता १ हजार ५ रुपैयाँ ५ करोड ८८ लाख १९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफको सेयर मूल्य बढेको छ ।

यस्तै ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ४०३ रुपैयाँमा ४ करोड ६३ लाख ५६ हजार र एनआईसी एसिया बैंकको प्रतिकित्ता ४४६ रुपैयाँमा ४ करोड ७ लाख ८१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार बैंक तथा वित्त, बीमा, जलविद्युत, उत्पादन, होटल र म्युचअल फण्डलगायत सेयर मूल्य बढेको छ ।

नेपाल लाइफ, प्रिमियर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।

प्रकाशित मिति : २७ पुष २०७६, आईतवार ११:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।