नेपाल वायुसेवा निगमको अध्यक्षबाट मदन खरेलले राजीनामा दिएका छन् । उनले आइतबार पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् । उनी ०७५ भदौ ३१ मा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।
खरेललाई वायुसेवा निगमले भित्राएका दुई वाइडबडीसहित सबै जहाज पूर्ण क्षमतामा सञ्चालन गर्ने, व्यवसायिक योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नेलगाएत जिम्मेवारी दिएको थियो ।
निगम सुधार गर्न रणनीतिक साझेदार भित्राउने प्रक्रियाका लागी आधारभुत काम गर्नैपर्ने जिम्मेवारीसमेत उनलाई थियो । यसअघि ०७० जेठमा चार वर्षका लागी महाप्रबन्धक बनेका उनले एक वर्षपछि राजीनाम दिएका हुन् । अन्नपूर्ण पोस्टबाट





















प्रतिक्रिया