गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले एन्पा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि बुधबार मुक्का प्रहार गरेका छन् । मनाङबाट प्रतियोगितामा सहभागी हुन पोखरा आएका खेलाडीलाई आवास र अभ्यास खेलका लागी मैदानको व्यवस्था नगरेको भन्दै आयोजक कोषाध्यक्ष मिलनलाई उनले कुटपिट गरेका हुन् ।
उद्घाटन स्थलमै कुटिएपछि मिलनले जिल्ला प्रहरीमा बुधबारै जाहेरी दिएका छन् । पोखरामा भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगीता उद्घाटनअघि सांसद गुरुङले खेलाडीका सेवा सुविधाबारे प्रश्न उठाउँदै हात छोडेका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले प्रदेशसभा सदस्य गुरुङविरुद्ध जाहेरी परेको पुष्टि गरे । पक्राउ गर्नुपर्ने देखिए अदालतको अनुमति लिएर पक्राउ गर्ने उनले बताए । अन्नपूर्ण पोस्टबाट





















प्रतिक्रिया