विश्वभरका मुलुकको भ्रष्टाचार सूचकांक प्रकाशित गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा नीतिगत र राजनीतिक भ्रष्टाचार मौलाएको जनाएको छ । गत वर्षको तुलनामा नेपालको समग्र भ्रष्टाचार सूचकांक घटे पनि नीतिगत र राजनीतिक भ्रष्टाचार व्यापक रहेको जनाएको छ ।
इन्टरनेसनलले बिहीबार सार्वजनिक गरेको ‘करप्सन पर्सेप्सन इन्डेक्स–२०१९’ अनुसार नेपाल भ्रष्टाचारमा ११औँ श्रेणी सुधारिँदै ११३औँ स्थानमा पुगेको छ । २०१८ मा नेपाल १२४औँ स्थानमा थियो । सूचकांकमा गत वर्ष ३१ अंक पाएको नेपाल अहिले ३ अंक सुधार गर्दै ३४ अंकमा उक्लिएको छ ।
तर, ४३ भन्दा कम अंक प्राप्त गर्ने मुलुकमा व्यापक भ्रष्टाचार भएको मानिन्छ । भ्रष्टाचार नियन्त्रणमा नेपालले जनाएको प्रतिबद्धता कार्यान्वयन नभएको तथा सार्वजनिक तथा निजी क्षेत्रमा भ्रष्टाचार र अधिकार दुरुपयोग यथावत् रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको ठहर छ । सूचनामा नागरिकको पहुँच नपुग्नु, राज्य सञ्चालनमा सीमित समूहको पकड रहनु, भ्रष्टाचार नियन्त्रणमा राजनीतिक क्षेत्र गम्भीर नहुनुलगायत दीर्घकालीन समस्यामा सुधार नदेखिएको प्रतिवेदनमा उल्लेख छ । नयाँ पत्रिकाबाट





















प्रतिक्रिया