Logo

पत्रपत्रिका

थुन्न नभन्दै फुत्किए सिद्धबाबा



सुनसरी जिल्ला अदालतले धरौटीमा छाडेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालबाट आश्रम फर्किएका थिए । उच्च अदालतले बिहीबार त्यसलाई बदर गरी थुन्न आदेश दिन नपाउँदै उनी रहस्यमय ढङ्गले फुत्किएका छन् ।

उनी बिहान केही समर्थकका साथ सुनसरीको चतारास्थित आफ्नो आश्रमबाट उच्च अदालत जाने भनेर हिँडे । मुद्दाको सुनवाइ जारी रहेकै बेला अदालत नगइ सीधै जोगवनीतर्फ हानिए । अनौठो कुरा त – यौन दुराचारमा मुद्दा विचाराधीन रहेका उनका लागि सरकारले अङ्गरक्षक खटाएको छ । उनका लागि सरकारले नेपाल भारत सीमामा पुगेपछि उनले अङ्गरक्षक प्रहरी हवलदार मुकेश साहलाई फिर्ता पठाएका छन् ।

आफ्नै खेलाँचीले उम्किन दिएको प्रहरीले भने अदालतको आदेशपछि गिरीलाई व्यापक रुपमा खोजिरहेको छ । सिद्धबाबाले दिउँसो १ बजे सीमापार गरेको जानकारी आएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । स्रोतका अनुसार उच्चबाट आफ्नो पक्षमा आदेश नआउने बुझेर गिरीले पहिल्यै नेपाल छाडेका हुन् । अन्नपूर्ण पोस्टबाट

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार ०८:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।