Logo

सुरक्षा/अपराध

मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ 



बा.९७ प ३१०९ र बा.६८ प ५५९५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा निजगढ नगरपालिका–७ बस्ने २२ वर्षीय मान बहादुर श्रेष्ठ र सोही ठाउँ बस्ने कृष्ण दर्लामी मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका–९ शहिदचोकस्थित सडकमा सवारी साधन जाँच गर्ने क्रममा चोरी गरि ल्याएको उक्त मोटरसाइकल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
 
उनीहरु उपर चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार १३:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।