काठमाडौँको स्वयम्भूबाट गैंडाको खाग सहित पाँच जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौं महानगर-१५ स्वयम्भू किमडोलबाट पाँच जनालाई पक्राउ गरेको हो ।
अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको टोली खटिएको थियो । पक्राउ पर्नेमा काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ छन् । त्यस्तै नुवाकोट मेघाङ गाउँपालिका-६का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीया मुना तामाङ छन् ।
बिक्री वितरण गर्न कोठामा राखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई खागसहित पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
प्रहरीले उनीहरू माथि आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको जनाएको छ।
प्रतिक्रिया