Logo

बैंकिंग

एनआईसी एशियाले लियो ७.७५ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा, यस्ता छन् भारी सुविधा



एनआईसी  एशिया बैंकले ब्याजदरमा ‘सेयर धितो कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले कर्जा योजनाहरू पस्किने क्रममा सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा ‘सेयर धितो कर्जा’ को आकर्षक कर्जा योजना सार्वजनिक गरेको हो । सोही योजना अनुसार बैंककले वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने छ । यो नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर रहेको बैंकले जनाएको छ । 

योजना अनुसार रहेर ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १२० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।  न्यूनतम रू. १ करोड देखि अधिकतम रू. १५ करोडसम्मको
कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । यस अन्तर्गत रू. ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको छ ।
 ग्राहकले आवश्यक कागजात उपलब्ध गराएको ४८ घण्टाभित्र नै कर्जा दिने बैंकले जनाएको छ ।  साथै यसम्बन्धी जानकारी
लिनको लागि ३४४८८ मा ीयबल टाइप गरी एस एम एस (क्ःक्) वा बैंककोनिःशुल्क नम्बर १६६०–०१–७७७७१ मा फोन गरी थप जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । 

बैंकले कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्नका लागि बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको छ ।

हाल बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १० : २७ बजे