Logo

अर्थ

बन्द रहेका विमानस्थल सञ्चालनमा ल्याउने सरकारको नीति : मन्त्री भट्टराई



संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकारअघि बढेको बताएका छन् ।

भीमदत्तनगरपालिका कार्यालयले शनिबार यहाँ आयोजना गरेको ‘कञ्चनपुर विमानस्थल पुनःसञ्चालन’ सम्बन्धी छलफल कार्यक्रममा उनले सरकारले नयाँ विमानस्थल स्थापना गर्नुभन्दा पनि बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालन गर्ने नीति लिएको जानकारी दिए ।

मन्त्री भट्टराईले सरकारले विमानस्थल सञ्चालनमा ठूलो लगानी गरेको भन्दै लगानीअनुसार राज्यलाई पनि प्रतिफल आउनुपर्नेमा जोड दिए । “तीनवटै तहको सरकारले साझदारी गरेर विमानस्थल पुनःनिर्माण गरी सञ्चालमा ल्याऔँ”, उनले भने, “त्यसको व्यावसायिक फाइदा पनि बाडँफाँड गर्ने नीतिमा हामी जान सक्छौँ ।”

त्यसैगरी मन्त्री भट्टराईले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने पनि बताए। “विमानस्थलसित ६० बिघा जग्गा रहेछ”, उनले भने, “आवश्यक जमिन थप गर्ने प्रक्रिया अगाडि बढाउने छौँ ।” पश्चिमका लागि मझगाउँ विमानस्थल महत्वपूर्ण रहेको भन्दै उहाँले पुनः सञ्चालनका लागि यहाँका जनप्रतिनिधिहरु उत्सुक्ताका साथ सक्रिय रहेको जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार १४:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।