Logo

सुरक्षा/अपराध

कटुवा पेस्तोल सहित एक जना पक्राउ



रौतहटमा राजदेवी नगरपालिका-८ लक्ष्मीपुर गाउँबाट १ थान कटुवा पेस्तोल सहित भारत सितामडी जिल्ला बरौनिया थाना मुसहर मुसहर चोक बस्ने २१ वर्षीय नितेस कुमार पटेललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बेलबिछुवा र सशस्त्र प्रहरी बल नेपाल बिओपी बेलबिछुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पटेलले तिघ्रामा लुकाई ल्याएको पेस्तोल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार १३:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।