Logo

सुरक्षा/अपराध

अवैध रुपमा भन्सार छलि ल्याएको कपडा सहित पक्राउ



विराटनगर महानगरपालिका-६ सरोचिया बस्ने २४ वर्षीय आशिफ खानलाई अवैध रुपमा भन्सार छलि ल्याएको करिब १ लाख ६२ हजार रुपैयाँ बराबरको २ सय ४० पीस लेडिज सुईटर, ८४ पीस लेडिस सुरुवाल र १५ पीस लेडीज कुर्ती सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

उनले अवैध रूपमा कर छली विभिन्न प्रकारका लत्ता कपडा घरमा भण्डारण गरी राखेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त मुल्य बराबरको कपडा फेला पारी पक्राउ गरेको हो ।

बरामद कपडा सहित खानलाई आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय रानीमा बुझाइने उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार १४:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।