मकवानपुर जिल्लाको कैलाश गाउँपालिका-६ माथिल्लो पकनेमा करिब २ बिघा १० कठ्ठामा अवैध रुपमा लगाइएको गाँजा खेती शनिबार प्रहरीले नष्ट गरेको छ ।
अवैध लागूऔषध गाँजा खेती भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङ र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया