Logo

बैंकिंग

सम्धि भएकै कारण किन रोकियो डा. कोइरालाको नियुक्ति ? 



झण्डै एक महिना अघि वाणिज्य बैंकको अध्यक्षमा नियुक्तीपत्र पाएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी डा. उपेन्द्र कोइरालाको हालसम्म नियुक्ती भएको छैन ।

आइतबार बसेको बाणिज्य बैंकको संचालक समितिको बैठकमा मन्त्रीका संम्धी पोखरेलको नियुक्ती हुन पाएन । डा. उपेन्द्र कोइरालालाई निवर्तमान बनेका अर्थमन्त्री डा. युवराज खतिवडाले जाने बेलामा बाणिज्य बैंकको संचालक हुँदै अध्यक्ष बनाउनेगरी नियुक्ती गरेका थिए ।

आइतबार बाणिज्य बैंकको संचालक समिति बैठक बसेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । संचालक समिति बैठक बसेपनि डा. कोइरालाको नियुक्ती भने भएन । श्रेष्ठले भने संचालक समितिलाई नियुक्त गर्नु वा नगर्नु भन्ने कुनै आदेश आएको छैन ।

मन्त्रीका सम्धीलाई बाणिज्य बैंकको संचालक बनाएको भन्दै विरोध भएको थियो । सामाजीक संजालमा समेत पोखरेल र सम्धी कोइरालाको बारेमा विरोध भएको थियो । विरोधपछि कोइरालाको नियुक्ती नै रोकिएको हो ।

प्रकाशित : २९ भाद्र २०७७, सोमबार