नेपाल राष्ट्र बैङ्कले आज ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।राष्ट्र बैङ्कका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो।
कूल रु चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो। सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ। यस्तै रु दुई अर्बको ट्रेजरी बिल भने ३६४ दिने अवधिको रहेको छ।
सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ। बैङ्कले यसअघि मङ्सिर २२ गते रु १७ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।






















प्रतिक्रिया