कास्की, पोखरा महानगरपालिका-११ काँहु भञ्ज्याङबाट नियन्त्रित लागूऔषध ६४ एम्पुल डाईजापाम, ६५ एम्पुल नुर्फिन, ६७ एम्पुल फेनारागन, २० ग्राम अवैध लागूऔषध गाँजा, २ थान मोबाइल र नगद २ हजार ८ सय ४० रुपैयाँ सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१२ माटेपानी बस्ने ३२ वर्षीय रमेश गुरुङ, पोखरा महानगरपालिका-११ काहुभन्जयाङ बस्ने २१ वर्षीय मुकेश बिक र पोखरा महानगरपालिका-१२ चापापानी बस्ने २९ वर्षीय नवराज गुरुङ रहेका छन् । लागूऔषध बेचबिखन तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-१९ लामाचौरबाट नियन्त्रित लागूऔषध ३५ पीस नुर्फिन, ३५ पीस फेनारागन र ३५ पीस डाइजेपाम सहित माछापुच्छ्रे गाउँपालिका-१ भुर्जुङ खोला घर भएका ३५ वर्षीय मिन बहादुर तामाङ लगायत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-१ थकालीपुर सिटोलबाट करिब ३ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित सोही ठाउँ बस्ने २७ वर्षीय खगेन्द्र जैशी लगायत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषध विक्री एवं सेवन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















प्रतिक्रिया