Logo

समाचार

अमेरिकामा कोरोनाविरूद्धको खोप अभियान सुरु



अमेरिकामा कोरोनाविरूद्धको पहिलो खोप नर्सलाई लगाएर खोप अभियान सुरु गरिएको छ ।

न्यूयोर्कस्थित लङ्ग आइल्यान्ड जिविस मेडिकल सेन्टरको सघन उपचार कक्षमा कार्यरत एक नर्सलाई खोप लगाएर खोप अभियान सुरु गरिएको छ । सान्ड्रा लिन्ड्से, अमेरिकामा खोप लगाउने पहिलो व्यक्ति भएकी छन् । उनलाई खोप लगाइएको दृश्य न्यूयोर्कका गभर्नर एन्ड्र्यु कोमोको ट्वीटरमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो । फाइजर–बायोएनटेकको झन्डै तीस लाख खोप अमेरिकाभर वितरण गर्न लागिएको छ । त्यहाँका झन्डै एक सय ५० वटा अस्पतालहरूले सोमबारसम्ममा खोप पाइसकेका छन् ।

फाइजर–बायोएनटेक खोपले गत शुक्रबार अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसनबाट आकस्मिक प्रयोगका लागि स्वीकृति दिएको थियो । आउँदो अप्रिलसम्म अमेरिकामा १० करोड मानिसलाई खोप दिइने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार १२:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।