Logo

सुरक्षा/अपराध

अबैध लागूऔषध सहित पक्राउ



कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ लोहरौलाबाट नियन्त्रित लागूऔषध १ हजार २ सय ट्याब्लेट नाइट्राभेट सहित बर्दिया मगरगढी गाउँपालिका-७ बस्ने ३१ वर्षीय दिनेश केसीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले उनको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

नवलपरासी(पश्चिम), पाल्हीनन्दन गाउँपालिका-२ भक्सिपुरबाट नियन्त्रित लागूऔषध १ सय ८० ट्याब्लेट नाइट्राभेट, ५ एम्पुल डाइजेपाम, ६ एम्पुल लुफिन, ५ एम्पुल फेनारागन र २ वटा खाली ईन्जेक्नस सहित  रामग्राम नगरपालिका-१६ अमहवा बस्ने १९ वर्षीय जितेन्द्र सहानीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार १६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।