Logo

प्रवास

कुवेतमा एक नेपालीमा कोरोना संक्रमण



कुवेतमा एक जना नेपाली सहित संक्रमितको संख्या ३१७ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले बुधवार एक नेपालीमा कोरोनाको संक्रमण देखा परेको जानकारी दिएको हो ।कुवेत स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २८ जनामा नयाँ संक्रमित देखिएका मध्ये एक जना नेपाली नागरिक समेत कोरोनाको संक्रमण देखा परेको दूतावासले बताएको छ ।

कुवेतमा रहेको नेपाली राजदुतावासले विश्व स्वास्थ्य संगठनले जारी गरेको संक्रमणबाट बच्ने उपाय अवलम्बन गर्न कुवेतमा रहेका नेपालीलाई आग्रह गरेको छ ।नेपाल सरकार र कुवेत सरकारद्धारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी निर्णय, निर्देशन तथा सान्दर्भिक जानकारीहरु दिदै आएको समेत दूतावासले अवगत गराएको छ ।

दूतावासले कुवेतमा रहेका नेपालीलाई सरसफाईमा विशेष ध्यान दिन र सावुन पानीले पटक पटक हात धुन, मास्क तथा स्यानिटाइजर्सको प्रयोग गर्न, भिडभाडमा नजान, सामाजिक दूरी कायम गर्न, अत्यावश्यक काम बाहेक अन्य प्रयोनका लागि घरबाट ननिक्लन अपिल गरेको छ ।

आफू संक्रमित भएको शंका लागेमा अविलम्ब नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ ।भयभित नभई उच्च मनोबलका साथ सजग, सचेत एवं सुरक्षित रहन साथै निराधार हल्लाको पछि नलाग्न समेत दूतावासले अनुरोध गरेको छ । कोरोना भाइरस संक्रमणको थप जानकारी लिन लागि स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न सकिने दूतावासले बताएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार १४:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।