टोखा नगरपालिका–२ चण्डेश्वरीबाट संरक्षित घस्रने जातको ८ वटा जिवित सुनगोहोरो र १ थान संरक्षित वन्यजन्तु चितुवाको टाउको (आखेटोपहार) सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ कानेपोखरी नगरपालिका–१ बस्ने ४१ वर्षीय भेष बहादुर थापा र तेह्रथुम लालिगुराँस नगरपालिका–४ बस्ने ४६ वर्षीय डिल्लीमान पौडेल रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार एवं जिवित सुनगोहोरो (सरिसृप) प्रजाति अवैध रुपमा ओसार(पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिवित सुनगोहोरो प्रजातीको उद्दार गरी वन्यजन्तुको आखेटोपहार सहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बुढानिलकण्ठ काठमाडौंमा बुझाईएको उक्त ब्यूरोले जनाएको छ ।
पुष १, २०७७ बुधबार
0
Shares
प्रतिक्रिया