बेलायतबाट नेपाल आएका एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ ।
चितवनको राप्ती नगरपालिकामा रहेका उनीहरुको भरतपुरस्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको हो।
पोजेटिभ देखिएपछि अस्पतालले पुनः परीक्षणको लागि दुबैको स्वाब काठमाडौं पठाएको छ । उनीहरूले आफू एक महिना अघि बेलायतबाट हङकङ हुँदै आएको अस्पताललाई जानकारी गराएका छन् ।
दुबै जना भरतपुर अस्पतालको आइसोलेसनमा रहेका छन् जसमा एक महिला र एक पुरुष छन्। दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।




















प्रतिक्रिया